आजबाट निर्जला

- साप्ताहिक संवाददाता

आश्विन १९, २०७५

चलचित्र बिन्दास निर्देशन गरेर लाइमलाइटमा आएका निर्देशक राजु गिरी तथा निर्माण एवं अभिनय गरेर चर्चामा आएकी शुभेच्छा थापाको सहकार्य आज शुक्रबार सार्वजनिक हुने चलचित्र ‘निर्जला’ सम्म आइपुगेको छ । प्रचार–प्रसारमा खासै ध्यान नदिए पनि यो चलचित्रले एकल प्रदर्शन हुने मौका पाएको छ, अर्थात आज शुक्रबार यो एउटा मात्र चलचित्र प्रदर्शन हुनेछ ।

 निर्देशक गिरीका अनुसार निर्जलामा सामाजिक प्रेमकथालाई विशेष ढंगले चित्रण गरिएको छ । निर्माता तथा कलाकार प्रकाशचन्द्र न्यौपानेका अनुसार यो चलचित्रमा दसैंको प्रसंग समेत समेटिएको छ । 

केही साताअघि मात्र निर्जलाको दसैं गीत समेत सार्वजनिक भैसकेको छ । काठमाडौंसहित उपत्यका बाहिरका केही जिल्लामा छायांकन गरिएको चलचित्र निर्जलामा करिब ८० लाख रुपैयाँ लगानी भएको बताइन्छ । रवि कोइराला यो चलचित्रका छायांकार हुन् भने तारा थापा किम्भले यसको सम्पादन गरेका छन् ।

निर्देशक : राजु गिरी

कलाकार : किशोर खतिवडा, शुभेच्छा थापा, श्याम राई, सूरवीर पण्डित, निक शर्मा, प्रकाशचन्द्र न्यौपाने, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट आदि ।

संगीत : बाबुल गिरी 

 

 

प्रकाशित :आश्विन १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्