प्रेमलिलाको फस्ट लुक

- साप्ताहिक संवाददाता

आश्विन १८, २०७५

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने चलचित्र ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो झलक सार्वजनिक गरिएको हो । योसँगै चलचित्रले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । यो चलचित्र माघ २५ बाट रिलिज हुने भएको छ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

चलचित्रमा दीपशिखा खड्का, सैफअलि खान र मौसम खड्काले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । दुबईमा मोडलिङ गर्दै आएका अलि खानले चलचित्रमा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् । उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले चलचित्र खेल्न एप्रोच गरेका कारण खेलेको बताएका छन् ।

दीपशिखा खड्काकै कथा तथा लेखन रहेको चलचित्र पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेको चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

 

प्रकाशित :आश्विन १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्