नाटक पनि कति जानेको !

- साप्ताहिक संवाददाता

आश्विन १८, २०७५

सेलिब्रेटीको चालामाला बुझ्न साँच्चिकै गाह्रो छ । उनीहरूमध्ये कतिपय बिन्दास शैलीमा डेटमा पनि रमाउँछन् । दिनरात सँगै हुँदा पनि लभमा छौं भन्न पनि डराउँछन् । नजिकका आसेपासे सबैले प्रत्यक्ष आँखाले देखेको कुरालाई समेत उनीहरू होइन भनेर सामान्यीकरण गर्छन् । यसका पछिल्लो उदाहरण हुन्— पल शाह र आँचल शर्मा । यी दुई कलाकार प्रेम सम्वन्धमा रहेको कुरा त मिडियामा निकै आए । 

नजिकका साथीभाइहरूलाई समेत सबै कुरा थाहा छ । यतिसम्म कि उनीहरूको घरपरिवारका सदस्यहरूसमेत यो विषयमा जानकार छन् । यद्यपि उनीहरूले अहिलेसम्म प्रेममा रहेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् । मिडियाले प्रश्न गरे हामी साथीमात्र हौं भन्छन् र कुरा अन्तै मोड्छन् । आफ्ना अधिकांश चलचित्र तथा म्युजिक भिडियोमा सँगै देखिने उनीहरूले भखरै मात्र एक एवार्डका लागि जापान जाने क्रममा अचम्मको रियाक्सन देखाए । 

सायद हामी प्रेममा छैनौं भन्ने छनक दिन उनीहरूले त्यसो गरे पनि मिडियाले भने उनीहरूलाई पछ्याएरै छोड्यो । विमानस्थलसम्म एक्ला–एक्लै गएको नाटक गरे पनि इन्ट्री हुने बेला भने उनीहरू सँगै देखिए । कालो गोरुलाई जतिसुकै रङ लगाए पनि कालै देखिन्छ क्यारे †

 

प्रकाशित :आश्विन १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्