यस्तो पो सहमति

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७५

विगतमा सरकारले द्वन्द्वरत माओवादीसँग, पूर्वराजाले सात दलसँग, सरकारले मधेसी दलसँग पटक–पटक वार्ता गरेपछि सहमति निस्किएका समाचार पुराना भैसकेका छैनन् । नेपाली चलचित्रमा पनि एउटा सानो विषयका लागि पटक–पटक वार्ता भएको तथा अन्त्यमा उक्त वार्ता सकारात्मक रुपमा टुंगिएको छ । 

प्रसंग हो दीपकराज गिरीको चलचित्र छक्का पञ्जा–३ तथा अशोक शर्माको चलचित्र जय भोलेको प्रदर्शन मितिको । पछिल्ला ६ महिनायता दुवै चलचित्रले दसैंमा प्रदर्शन हुने भनेर प्रचार–प्रसार गरे । घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म नै दसैं मनाइने चलन छ, यद्यपि दुवै निर्माताले ठ्याक्कै यही दिन प्रदर्शन हुने भन्न सकेका थिएनन् ।

 करिब एक दर्जनभन्दा बढी पटकको वार्तापछि गिरी र शर्मा एउटा सहमतिमा पुगेका छन्, जस अनुसार अब छक्का पञ्जा–३ दसैंको घटस्थापनाको दिन प्रदर्शनमा आउनेछ भने शर्माको जय भोले फूलपातीको दिन असोज ३० गते प्रदर्शन हुनेछ ।

 

प्रकाशित :आश्विन १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्