कमब्याकको तयारीमा शिल्पा

- एजेन्सी

आश्विन १७, २०७५

कुनै समयकी लोकप्रिय अभिनेत्री शिल्पा सेट्टी अहिले ४३ वर्ष पुगिसकेकी छिन् । हट अभिनेत्रीका रूपमा चिनिएकी शिल्पा केही वर्षयतादेखि पर्दामा भने देखिएकी छैनन् । ११ वर्षपहिले चलचित्र ‘अपने’मा देखिएपछि उनी दोस्ताना तथा ओम शान्ति ओममा निकै छोटो भूमिकामा देखा परिन् । वास्तवमा शिल्पाले सन्तान जन्माएपछि चलचित्रबाट विश्राम लिएकी थिइन् । उमेरले उकालो चढिरहे पनि शिल्पाको सुन्दरता भने कायमै छ । 

उनले आफ्नो फिगर निकै राम्रोसँग मेन्टेन गरिरहेकी छिन् । अब भने शिल्पा सानो महत्वपूर्ण भूमिकामार्फत बलिउडमा फर्कने तयारी गरिरहेकी छिन् । शिल्पाले हालै एक मिडियामा अप्रत्यक्ष रूपमा भनेकी थिइन्, ‘एउटा सर्त के हो भने लामो समयपछि दर्शकमाझ आउँदैछु । 

त्यसका लागि राम्रो स्क्रिप्ट अनिवार्य छ ।’ शिल्पाले आफ्नो छोरा साढे ६ वर्षको भैसकेकाले अब चलचित्रका लागि पर्याप्त समय निकाल्न सक्ने बताएकी छिन् । उनी कुन चलचित्रबाट कमब्याक गर्दैछिन् भन्ने जानकारीचाहिँ सार्वजनिक भएको छैन ।

प्रकाशित :आश्विन १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्