टीका पुन र सुर्यमणीको ए है काली सार्वजनिक

- साप्ताहिक संवाददाता

आश्विन १५, २०७५

लोक गायिका टीका पुनको आवाजमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका पुनसँगै गायक राजकुमार हुँमागाई तथा सूर्यमनीले आवाज दिएका छन् । ‘ए है काली’बोलको उक्त गीतमा विमेश खतिवडा ताथ राजकुमार हुँमागाईको शब्द तथा सुर्यमणी आचार्य र राजकुमार हुँमागाईको संगीत रहेको छ । 

मिलन फिल्मसले निर्माण गरेको गीतको म्यूजिक भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा सञ्जिव ठकुरीको कोरियोग्राफी रहेको छ । सञ्जिव ठकुरी तथा रिना थापा मगरले अभिनय गरेको गीतको म्यूजिक भिडियो रोशन धितालले सम्पादन गरेका हुन् ।

ए है कालीको म्यूजिक भिडियो:

 

प्रकाशित :आश्विन १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्