गुनगुन पोस्टर रिलिज

- साप्ताहिक संवाददाता

आश्विन १५, २०७५

चलचित्र ‘गुनगुन’को अपिसियल पोस्टर सार्वजनिक भएको छ । कार्तिक ३० गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र प्रायलाई समावेश गरिएको छ । 

पोस्टर सार्वजनिक गर्दै चलचित्र प्रचारमा लागेको चलचित्रमा प्रेमसँगै सामाजिक कथालाई समेटिएको निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गरेका छन् ।  प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली लगायतका कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । 

 

प्रकाशित :आश्विन १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्