दि भ्वाइस अफ नेपालमा ब्याटल राउण्ड शुरु

- साप्ताहिक संवाददाता

आश्विन १५, २०७५

 

नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउण्ड शनिवारदेखि शुरु भएको छ । ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । 

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुले आफ्नै टीमका प्रतियोगीसँग कोचले दिएको गीत गाएर प्रतिस्पर्धा गर्नु पर्छ । यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।

ब्याटल राउण्डको पहिलो कार्यक्रममा निर्णायक दीप श्रेष्ठलेअर्को प्रतिस्पर्धी टिम प्रमोदका प्रतियोगीलाई चोरेका(स्टिल) थिए । त्यस्तै निर्णायक अभयाले सनुपको टिमका प्रतियोगीलाई ‘स्टील’ गरेकी थिईन् । ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

चार निर्णायक तथा कोचहरुले ब्याटल राउण्ड आफ्ना लागि निक्कै कठिन रहेको बताएका छन् । यो राउन्डका २ सृङ्खला सञ्चालन भैसकेको छ । आफ्नै टीमको प्रतियोगीलाई मञ्चबाट बिदा गर्नु पर्दा कोच अभया २ पटकनै रोएकी थिईन् भने अरु कोच पनि निक्कै भावुक देखिएका छन् । 

त्यसैगरि, ब्याटल राउण्डमा ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को सेट पनि नयाँ डिजाइनमा आएको छ भने निर्णायक तथा कार्यक्रमका होस्ट सुशिल नेपालको पनि ड्रेस डिजाइन परिवर्तन भएको छ । जून ब्याटल राउण्ड भर सोहि डिजाइन र ड्रेसमा कार्यक्रम हुनेछ ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गीतसंगीतको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

 

प्रकाशित :आश्विन १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्