काठमाडौं मलमा यार्चा जाभा

- विद्या राई

आश्विन १४, २०७५

काठमाडौं मलको पहिलो तल्लामा यार्चा जाभा सञ्चालनमा आएको छ । यो नेपालकै पहिलो जाभा हो, जहाँ यार्चा कफी पाइन्छ । दुई युवा सत्य थापा र विशाल चौलागाईंले ४० लाख रुपैयाँको लगानीमा यार्चा जाभा सञ्चालनमा ल्याएका हुन् । 

चौलागार्इं सामाजिक काम गर्छन् भने थापा ओभरसियर हुन् । यो जाभामा हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटी यार्चा तथा ब्रान्डिङ गरिएको अर्गानिक कफीको मिश्रणबाट तयार गरिएको यार्चा कफी उपलब्ध हुन्छ, जसलाई ३ ग्राम यार्चा तथा ७ ग्राम कफीको मिश्रणबाट तयार पारिन्छ । अमेरिकाको फुड एन्ड सटिस्फाइले यसलाई प्रमाणित गरेको छ ।

स्वास्थ्यका दृष्टिकोणले साधारण व्यक्तिले एक दिनमा ९ ग्राम यार्चा सेवन गर्न सक्छन् । यार्चा जाभामा प्रयोग हुने यार्चा डोल्पा, हुम्ला, बझाङ आदि हिमाली जिल्लाबाट ल्याइने बताइन्छ । यो जाभामा उपलब्ध यार्चा कफीलाई प्रतिकप ५ सयदेखि ६ सय रुपैयाँ तिर्नुपर्छ । यार्चा कफीको सेवनले यौनशक्ति बढ्ने, शरीरमा ऊर्जा मिल्ने आदि दाबी गरिएको छ । त्यसबाहेक जाभामा क्यापुस्सिनो, सेल्फीस्सिनो कफी आदिसमेत उपलब्ध छ । 

 

प्रकाशित :आश्विन १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्