भविष्यको ड्राइभरलेस गाडी

- साप्ताहिक संवाददाता

आश्विन १३, २०७५

अब यस्ता दिन पनि नजिक आउँदै छन्, जसमा मानिसको सम्पर्कबिनै रेष्टुराँको खाना खान सकिनेछ । एउटा ड्राइभरलेस अर्थात् मानिस नै नभएको कारले रेस्टुराँको मीठो खान लिएर आउनेछ र फर्कनेछ । उक्त खानाको पैसा तिर्न रेस्टुराँ पनि पुग्नुपर्ने छैन । गाडीमै भएको भेन्डिङ मेसिनमार्फत पैसा तिर्न सकिने छ । ड्राइभरलेस डेलिभरी भेइकलमा तापक्रम समेत नियन्त्रणमा राख्न सकिन्छ । त्यसैगरी यसमा भएको स्मार्ट भेन्डिङ मेसिनमा सेल्फीको सहायताले पैसा तिर्न सकिन्छ । 

यो एक प्रकारको दुई सिटे कार हो । चीनमा सम्पन्न स्मार्ट चाइना एक्स्पोमा यसको प्रदर्शन गरिएको थियो । उक्त ड्राइभरलेस गाडीको निर्माण मिचुआन नामक कम्पनीले गरेको हो । एक्सपोमा आगामी एक–दुई वर्षमै बजारमा उपलब्ध हुने टेक्नोलोजी तथा इनोभेसनहरू प्रदर्शन गरिएका थिए । यसमा ५ सय राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रदर्शनकर्ताहरूको उपस्थिति थियो । २८ देशका भिजिटर उक्त प्रदर्शन अवलोकनका लागि चीन पुगेका थिए । 

प्रकाशित :आश्विन १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्