कुरा बुझ्नो भो त

- संकलक : जीवन भट्टराई

आश्विन १३, २०७५

 

खडानन्द खान बस्या बेला

खडानन्द : हँ, अघि त तरकारीमा दुइटा अप्सन छ आज, भन्थ्यौ त, खाली यही चिचिन्डोकै तरकारी मात्र देख्छु त म त ?

पत्नी : अप्सन दुइटा नै छ त :

१. खान मन लाग्छ भने चुप लागेर खुरुक्क खाऊ ।

२. खान मन छैन भने जुरुक्क उठेर लुरुक्क पर्दै बाहिर जाऊ ।

खडानन्दकी पत्नी र सानो छोरा

छोरा : मम्मी, तपाईं त परीहरू आकाशमा उड्छन् भन्नुहुन्थ्यो त ?

खडु पत्नी : हो त छोरा ।

छोरा : अनि पार्वती आन्टी त उड्नुहुन्न त मम्मी ?

खडु पत्नी : अनि पार्वती आन्टीलाई कसले परी भन्यो त ?

छोरा : हिजो बुबाले पार्वती आन्टीलाई ‘तिमी त परी हौ’ 

भन्दै हुनुहुन्थ्यो ।

खडानन्द र हरिबोल

खडानन्द : जहाँबाट मान्छेले एकपल्ट धोका खान्छ, त्यो ठाउँमा फेरि जाँदै नजानु भन्छन् त ।

हरिबोल : हो त, किन जानु त त्यस्तो ठाउँमा ?

खडानन्द : हुन त हो, अनि ससुरालीचाहिँ किन घरी–घरी जान्छन् त मानिसहरू ????

खडानन्द र हरिबोल

हरिबोल : तँ पनि अब बिहे गर यार, बिहे गर्नुको आनन्द पनि बेग्लै छ यार जिन्दगीमा !

खडानन्द : कस्तो आनन्द नि ?

हरिबोल : खानलाई केही पाइयोस्, नपाइयोस् त्यो छुट्टै कुरा, सुन्नलाई चाहिं धेरै पाइन्छ यार !

खडानन्दले म्यारिज ब्युरो खोले, अरूको वैवाहिक सम्बन्ध अघि बढाइदिनका लागि । एउटी युवती आइन् अफिसमा । खडानन्दले एउटा केटाको तस्बिर निकाले ।

खडानन्द : केटा यही हो, राम्रो खानदान छ, केटाले एमबीए पढ्या हो, एउटा राम्रो कम्पनीमा जागिर खान्छ, कमाइ, बानीबेहोरा एकदम राम्रो छ, उचाइ पनि ५ फीट ९ इन्च जति छ, तर केटा अलि कालो छ ।

केटी : सबैथोक ठिकै छ, तर यहि क्वालिटीमा सेतो रङको चाहिं देखाउनुस् न सर ।

खडानन्द र हरिबोल

खडानन्द : पहिले–पहिले बजारको कुनै पसलमा छिर्दा आफूलाई भगवान सम्झिन्थें, किनभने त्यहाँ लेख्या हुन्थ्यो— ग्राहक देउता हुन् । आजकल त आफैंलाई चोर सम्झिने गर्‍या छु ।

हरिबोल : किन र ?

खडानन्द : किनभने त्यही ठाउँमा आजकल ‘तपाईं सिसिटिभी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भनेर लेख्या हुन्छ ।

खडानन्द र हरिबोल

खडानन्द : म पूरै हात खुट्टा छोडेर बाइक चलाउन सक्छु ।

हरिबोल : हात खुट्टाको मात्र के कुरो भो र ? हाम्रा गाउँका चारकोलजीले त झन् सासै छोडेर पनि कुदाउन सक्छन् ।

खडानन्द : हो र ?

हरिबोल : हो त, अस्ति भर्खर मात्र माइ खोलामा उनको दाहसंस्कार गरेर आएको ।

खडानन्द र साथी

हरिबोल : के गरेको हौ यो ? हातमा आइरनले डाम्दैछस् त ?

खडानन्द : अलि कमजोरी महसुस भएर डाग्डरकोमा गा’को, शरीरमा आइरनको कमीले गर्दा यस्तो भाको भने, अनि ।

जीएफ : म माथी धेरै युवाहरू मर्छन्, किन होला ?

खडानन्द : हैट्, के कुरा गरेको हौ ? तिमी अस्पतालको बेड हौ र ????

प्राइभेट बैंकमा, सेक्युरिटी गार्डमा जागिर खानको लागि खडानन्द अन्तरवार्ता दिन गए ।

अन्तर्वार्ता लिने व्यक्ति : तपाईंलाई अंग्रेजी बोल्न आउँछ ?

खडानन्द : आउदैन, किन र सर ?

अन्तर्वार्ता लिने व्यक्ति : यो सेक्युरिटी गार्डको जागिरमा अङ्ग्रेजी बोल्न नआउनेको काम छैन, तपाइ जान सक्नुहुन्छ ।

खडानन्द : किन र सर अंग्रेजी बोल्न जान्नैपर्ने ? के चोर, लुटेरा, बैंक लुट्नेहरू पनि उतै बेलायतबाटै आउने हुन् र ...????

खडानन्द र हरिबोल 

हरिबोल : खडु, तेरी गर्लफ्रेन्ड छैनन् ...?

खडानन्द : छे यार, तर मेरो त हाफ गर्लफ्रेन्ड मात्र हो !

हरिबोल : के भन्छ यो ? कस्तो हो यो हाफ गर्लफ्रेन्ड भनेको ?

खडानन्द : उसको ब्वाइफ्रेन्डसँग झगडा परेपछि रुन मात्र मकहाँ आउँछे यार !

खडानन्द विवाह गरेपछि पहिलो पटक ससुराली जाँदै थिए । बसमा अलि भीड थियो, उनी आफ्नी दुलहीलाई च्याप्प पक्रेर प्यासेजमा उभिएका थिए ।

ड्राइभर : (यसो पछाडी हेर्दै) हैन के गर्‍या हौ भाइ, त्यसरी पक्रिरहनु त पर्दैन त ।

खडानन्द : तपाईंहरूले नै बसमा लेख्नुभाको छ त, आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला भनेर ।

खडानन्दको प्राइभेट अफिसमा एकजना महिला सेक्रेटरीको आवश्यकता थियो । खडानन्द अन्तर्वार्ता लिने कुर्सीमा थिए । एउटी युवती आइन् अन्तरवार्ता दिन ।

खडानन्द : तपाई विवाहित कि अविवाहित ?

युवती : म अविवाहित सर ।

खडानन्द : ल तपाईं जान सक्नुहुन्छ, हामीलाई विवाहित र अनुभवी महिला चाहिएको हो ।

युवती : सर, म अविवाहित भए पनि अनुभवी छु ।

प्रकाशित :आश्विन १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्