नेपाल ल्याटिन डान्स फियस्टा

- साप्ताहिक संवाददाता

आश्विन १२, २०७५

नेपालमा पहिलो पटक ल्याटिन डान्सका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको इभेन्ट हुँदैछ । आज प्रारम्भ हुने नेपाल ल्याटिन डान्स फियस्टा–२०१८ तीन दिनसम्म चल्नेछ । साल्सा डान्समा रुचि राख्नेहरूलाई यो इभेन्ट एकदमै फाइदाजनक सावित हुनसक्छ । यो अवसरमा साल्सामा रुचि भएका तर प्रशिक्षण नलिएकाहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकहरूसँग प्रशिक्षण लिन सक्नेछन् । 

थापाथलीस्थित ब्लुबर्ड कम्प्लेक्समा मलेसियाबाट आएका गिप्सन पेरेर र क्यानाडाबाट आएकी काल्निसले हरेक दिन ६ घण्टा प्रशिक्षण दिनेछन् भने इभेन्टको अन्तिम दिन दरबारमार्गस्थित क्लब डेभाजुमा सबैले ल्याटिन डान्स प्रदर्शन गर्नेछन् । उक्त कार्यक्रममा साल्सामा चर्चित नेपाली प्रशिक्षक रियाज श्रेष्ठ, विनायक दास श्रेष्ठ, योगेशराज श्रेष्ठ, सप्रिना श्रेष्ठ तथा अशोक भण्डारीले समेत कला प्रदर्शन गर्नेछन् । 

यो अवसर प्राप्त गर्न अग्रिम रूपमा बुक गरे ३ हजार रुपैयाँ तथा सीधै ब्लुबर्ड कम्प्लेक्सको ढोकामा टिकट खरिद गर्दा ४ हजार रुपैयाँ खर्चिनुपर्नेछ । इभेन्टको अन्तिम दिन साल्सा डान्स दरबारमार्गस्थित क्लब डेभाजुमा प्रदर्शन हुनेछ ।

आयोजक : फोर्ट साल्सा स्टुडियो

स्थान : ब्लुबर्ड कम्प्लेक्स, थापाथली

समय : ७:३० देखि ११ बजेसम्म

प्रकाशित :आश्विन १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्