आजबाट कथा काठमाडौं

- साप्ताहिक संवाददाता

आश्विन १२, २०७५

काठमाडौंमा बसोबास गर्नेहरूको जिवनशैलीका बारेमा नेपालमा निकै कम चलचित्र निर्माण भएका छन् । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र कथा काठमाडौंले काठमाडौंको कथा नै समेटेको छ । 

निर्देशक संगीता श्रेष्ठको दाबीअनुसार यो चलचित्रले अहिलेसम्म कसैले पनि नउठाएको कथा प्रस्तुत गर्छ । चलचित्र कथा काठमाडौं गीतदेखि ट्ेरलर सार्वजनिक हुँदासम्म पटक–पटक विवादमा मुछिएको थियो । 

उत्तेजक दृश्यका कारण विवादमा रहे पनि अन्तत: यो चलचित्रलाई सेन्सर बोर्डले अभिभावकको अनुमतिमा हेर्न सकिने अर्थात् पिजी (प्यारेन्टल गाइड) सर्टिफिकेट दिएको छ । आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता विजय राई हुन् । 

लुजा सिंहको छायांकन तथा मित्र गुरुङको सम्पादनको चलचित्र कथा काठमाडौंका अधिकांश दृश्य काठमाडौंमै खिचिएको छ ।

निर्देशक : संगीता श्रेष्ठ कलाकार : प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला आदि । संगीत : प्रदीप बास्तोला

प्रकाशित :आश्विन १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्