स्पेस एक्सले चन्द्रमामा पर्यटक लाने

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७५

अमेरिकाको स्पेस एक्स नामक कम्पनीले पर्यटकहरूलाई चन्द्रमाको भ्रमणमा लाने भएको छ । स्पेस एक्सले यसका लागि बिग फाल्कन रकेट (बीएफआर) को प्रयोग गर्नेछ र त्यसका लागि बीएफआरलाई व्यापक सुधारसहित डिजाइन गरिएको छ । 

कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्न विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो । स्पेस एक्सले यस विषयमा थप विवरण सार्वजनिक गरेको छैन । 

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी समेत रहेका एलन मस्कले चन्द्रमाको परिधिमा यात्रु लाने घोषणा गरेको यो पहिलो घटना भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लाने घोषणा गरेको थियो । सन् २०१७ को फेब्रुअरीमा स्पेस एक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो । स्पेस एक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लाने काम गरिरहेको छ ।

प्रकाशित :आश्विन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्