कोकाकोलालाई चित ख्वाउने ड्रिंक्स

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७५

कोकाकोलाको आधिपत्य संसारका अधिकांश मुलुकमा छ । अझ अमेरिका त कोकको जननी राष्ट्र नै भएका कारण कोकलाई अमेरिकामा आफ्नो लोकप्रियता खस्कने कुरामा कुनै शंका नरहेको वर्षौं भैसकेको छ । यद्यपि अहिले कोकको उक्त आधिपत्यलाई चुनौती दिन क्यानबिज कोक देखा परेको छ । 

क्यानबिजको अर्थ गाँजा भएका कारण गाँजा कोकले कोकाकोलाको निन्द्रा हराम गरिदिएको छ । यसबीच कोकाकोलाले क्यानबिज कोकको बिक्री–वितरणका विषयमा छलफल हुनुपर्ने आवाजसमेत उठाएको थियो । प्यास मेट्ने पेय पदार्थका रूपमा आफ्नो आधिपत्य कायम गरिरहेको कोकाकोलाको तुलनामा क्यानबिज कोकले इन्फेक्सन, पीडा र मर्किएको जस्ता समस्यामा समेत राहत प्रदान गर्ने दाबी गरेको छ । 

गाँजामा रहेको पिडा हटाउने तत्वलाई लिएर तयार पारिएको यो पेय पदार्थले बजार लिने पक्का भएपछि कोकाकोला त्यसको प्रतिवादमा उत्रिएको हो । कोकाकोला प्रतिवादमा उत्रिएपछि क्यानबिज कोकका विक्रेता तथा कोकाकोलाबीच भएको वार्तामा दुवै पक्ष क्यानविज कोकलाई पुर्नताजगी दिने पेय पदार्थका रूपमा बिक्री–वितरण गर्न सहमत भएका छन् । यद्यपि क्यानबिज कोक बजारमा आउनुलाई नै अहिलेका लागि उसको ठूलो सफलताका रूपमा लिइएको छ । 

प्रकाशित :आश्विन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्