हङकङमा अरुण थापाको सम्झना

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७५

हङकङमा स्रष्टा बिक्रम गुरुङले गायक अरुण थापालाई उनकै सिर्जना मार्फत सम्झना गरे ।  हङकङ स्थित याउमा तेई कम्युनिटी हलमा अरुण थापाका गीतहरु र संस्मरण सुनाए विक्रम गुरुङले । अरुण थापाले गाएका कालजयी गीत ‘भुलु भुलु लाग्यो मलाई सपनीमा, आँखाको निद खोसी लाने, कतै टाढा’ लगायत विक्रम गुरुङ्को रचना र संगीत रहेका गीत सुनाएर अरुण थापाको संस्मरण गरिएको हो ।

शिक्षण पेशामा आवद्ध विक्रम लामो समय संगीतबाट टाढा थिए । हङकङको ब्यस्तता र आधुनिकतामा अभ्यस्त उनले शिक्षणबाट अवकाश पाएसँगै फेरि आफूलाई गीत/संगीतमै फर्काएका हुन् । 

कार्यक्रममा भावुक बनेका विक्रमले अरुण थापासँगको स्मृती, संगीतकर्म र संगीतबाट टाढा बस्नु पर्दाको पीडा सुनाए । विक्रमलाई प्रस्तुतीका लागि अम्बर पोख्रेली, बलराम समाल, मनोज घले, दिनेश शुब्बा, कमल राई, सन्जिव गुरुङ, रोशा लिम्बु, स्थानिय संगीतकर्मी लगायतले साथ दिएका थिए ।  

‘विक्रम गुरुङ् मेरो संगीत यात्रा नाम’ दिईएको कार्यक्रम भेटेरान ग्रुप हङकङले आयोजना गरेको थियो ।  

 

प्रकाशित :आश्विन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्