जय भोलेको अफिसियल पोष्टर

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७५

चलचित्र ‘जय भोले’को अफिसियल पोष्टर सार्वजनिक सार्वजनिक भएको छ । यो चलचित्र असोज ३० गते फुलपातिको दिनबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक चलचित्रको पोष्टरमा लगभग सबै कलाकारलाई अटाइएको छ ।

खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्र अशोक शर्माले निर्देशन गरेका हुन । चलचित्रमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सलोन बस्नेत, सौगात मल्ल, बुद्धी तामाङ्, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरबिर पण्डित, अशोक शर्मा, शारदा गिरी, सुरेन्द्र के.सी. लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजनराज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

 

प्रकाशित :आश्विन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्