शून्य गुरुत्वाकर्षणमा बोल्टको जित

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७५

संसारकै सर्वाधिक तीव्र गतिका धावक उसेन बोल्ट जिरो ग्राभिटी अर्थात शून्य गुरुत्वाकर्षणमा पनि अब्बल साबित भएका छन् । जमैकाका धावक बोल्टले शून्य गुरुत्वाकर्षणको दौडमा भाग लिँदै जित हासिल गरेका हुन् । ओलम्पिक प्रतियोगिताका ८ पटकका विजेता बोल्टले एयरबसको जिरो जी प्लेनमा यस प्रकारको दौडमा सहभागिता जनाएका थिए । 

फ्रान्सको वायुमण्डलमा भएको उक्त रेसमा फ्रान्सका अन्तरिक्ष यात्री जिन फ्रान्सिस क्लेयरभाय र नोभ स्पेसका सीईओ तथा फ्रेन्च डिजाइनर अकटेभ डे गोल्लेले भाग लिएका थिए । प्रारम्भमा शून्य गुरुत्वाकर्षणमा बोल्टले आफैलाई सम्हाल्न सकेनन्, तर अन्त्यमा उनले रेस जितेरै छोडे । यो रेस निकै रोमाञ्चक भएको उनले बताएका छन् ।

प्रकाशित :आश्विन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्