पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अरिंगाल

- साप्ताहिक संवाददाता

आश्विन ९, २०७५

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दा अरिंगालले चिल्लाकी नचिल्ला ? 

हेमन्त गौतम

संविधान कुनै पनि मुलुकको लागि पवित्र ग्रन्थ हो, तर धर्मग्रन्थ होइन । यो उसको विगतको संघर्षको, उपलब्धिको दस्तावेज हो र भविष्यको मार्गदर्शक सिद्धान्त पनि । यसले सबै तह/तप्काका नागरिकको भावनालाई अभिव्यक्त गरेको हुन्छ भनिन्छ । छैन भने निरन्तर सुधार गर्दै जानु पर्छ । यो परिवर्तशील हुन्छ । 

सुरेश ढकाल 

तिमीलाई देखेकै दिनदेखि यस्तो लाग्न थालेको हो कि, प्रेम शब्दको उत्पत्ति नि तिम्रै कल्पनामा भएको हो । 

सुनिता तिमिल्सिना

दिल तोड्यो उसले, 

हात र साथ छोडयो उसले 

ए कोही रौसी ल्याओ न खाइदिम् मलाई छोडेर अर्कैलाई रोज्यो उसले ।

सानी ठकुरी

जलस्रोतको दोस्रो धनी देश भएपछि, सडकमा पानी नबगेर के दूध बग्छ त ?

अमिर दर्पण नेपाल

व्यस्त पनि यति भैयो कि निन्द्रा आउँदा हाई गर्नेसम्म फुर्सद छैन । 

इलु प्यारे

म संसारको एउटा त्यस्तो पात्र हुँ । न जन्मिदा कसैको खुसी थिए न जिउँदा ।

यहाँ खुसीहरू प्रतिक्षारत छन् मेरो अन्तिम बिदाइमा ।

आरोही

हेल्लो डियर......

झरी त बाहिर परिरा’छ, तर मेरो मन मस्तिष्कमा तिम्रो प्रेमको बाछिट्टाले भर्खरै स्पर्श गर्‍यो । के तिमीले चाल पायौ ?

सगुन

उसको प्रेमको मूल्य उसैलाई थाहा होला । के भनौं र, म त उसको भरोसामा बिकेकी मान्छे ।

एल्जिका लम्साल

खाली गोजी, अनि बिना मोबाइल, हिँड्न अति गाह्रो हजुर ।

विक्रम बारघरे

आजकालको जमानामा मान्छेको जति राम्रो जागिर, उति नै राम्री स्वास्नी ।

चिम्से अजे

चिन्तामा हाम्रो विवेक शून्य हुँदोरहेछ, अनि रिसमा विवेक एकदमै भारी, यी दुई अवस्था मानसिक तनावको मुख्य जड हुन् ।

बमु

नबनिसकेको काम बनेन भनेर दुखी भै समय फाल्नुभन्दा किन बनेन कारण खोजी अर्को प्रयासका लागि सजग हुनु राम्रो । 

विनोद पाठक

मलाई भन्न आउँदैन, तिमी मौनता बुझ्न सिक ।

ध्रुप 

टाढा भएको होइन म तिमीसँग । तिम्रो वरिपरि मानिसहरू थपिँदै गए र, म त्यो भिडमा हराउँदै गएँ ।

ठूल्दाइ

दार्‍ही पालेको केटा देख्यो कि प्रपोज गर्दिम् जस्तो हुन्छ । दारी त त्यस्तो मज्जाले पाल्नेले मलाई झन् कति मज्जाले पाल्दो हो ?

प्यारी सरु

हरेक मोडहरूमा आफ्नो गति कति छ भनेर जाँच्नुपर्छ, जसले गर्दा जिन्दगीको लामो यात्रामा सफल होस् ।

जनक रानामगर

जिन्दगीमा लाखौं, अर्बौं सम्पत्ति कमाएर के गर्नु ? यमराजले पक्कै घुस खाँदैनन क्यारे ।

नूर

प्रकाशित :आश्विन ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्