हङकङमा मनाईयो नेपाल डे

- साप्ताहिक संवाददाता

आश्विन ८, २०७५

नेपालमा संविधान दिवस मनाईरहदा हङकङेली नेपालीहरुले पनि खुसी साटासाट गरेका छन् । हङकङ स्थित महावाणिज्यदूतावासको आयोजनामा सम्पन्न ‘नेपाल डे’  कार्यक्रममा विभिन्न संघसस्था, बुद्धिजिवी, ब्यापारीहरुको उल्लेखय उपस्थित थियो । कार्यक्रमको स्लोगन थियो ‘भिजिट नेपाल, लाईफ टाईम एक्सपिरियन्स ।’

नेपालको माटो, प्राकृतिक वातावरण र हस्पिटालिटीले हरेक पर्यटकहरुलाई जीवनभरिको लागि नविर्सिने अनुभूति मिल्ने महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए । चीन, हङकङ र नेपालबीचको सम्बन्ध सुमधुर बनाउँदै सम्भावनाहरुको अध्ययन र प्रयोग गर्न सके विकास र आधुनिकताको चरणमा अगाडि बढ्न सहज हुने, यसका लागि दूतावासको प्रयास निरन्तर रह्ने उनले बताए । 

प्रमुख अतिथी फाईनान्स सेक्रेटरी जेम्स लाउले नेपाल संसारकै शुन्दर भूमी भएको बताए । नेपाल घुमेको अनुभव बाड्दै चानले पोखरा, काठमाडौं, घान्द्रुक, धम्पुस लगायतका ठाउँहरुले मोहनी लगाएको बताए । एकपटक नेपालको शुन्दरतालाई नियालिसकेको हरेकलाई साँच्चै जीवनभरिको लागी गजबको अनुभूति हुने रहेछ, चानले भने नेपाल हङकङ र चीनबीच सहकार्यका लागि विभिन्न प्रयास भईरहेको र अगामी दिनमा पनि यि देशहरुको मजबुत सम्बन्धबाट दुवै पक्षले भरपूर लाभ लिन सक्नेछ । 

कार्यक्रमलाई नेपाल एयरलाईन्स, हङकङ नेपाल ब्यापार संघ, एकिकृत नेप्लिज सोसाईटी हिन्स, हङकङ नेपाली महासंघ, नेपाल चेम्बर्स अफ कर्मस, एनआरएनए हङकङ लगायतले सहकार्य गरेका थिए । 

हङकङ हुङ्हाम स्थित पाँच तारे होटल हार्वर ग्राण्डमा सम्पन्न कार्यक्रममा गुल्मी समाज हङकङबाट पञ्चे बाजा, सारी बुटिक, ईन्द्र बराह ज्वलेरी लगायतले नेपाली ढाका, मौलिक गरगहना, मुर्तिकला लगायतका सामाग्रीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा मौलिक नृत्य र खुकुरी डान्सले पनि पर्याप्त मनोरञ्जन दियो ।  

 

प्रकाशित :आश्विन ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्