हास्यश्रृंखला सुचारु

- साप्ताहिक संवाददाता

आश्विन ७, २०७५

साउनको पहिलो सातादेखि रोकिएका लोकप्रिय हास्य श्रृंखला मेरी बास्सै, जीरे खुर्सानी तथा भद्रगोलको प्रसारण सुचारु भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ती श्रृंखला साउनको पहिलो सातादेखि रोकिएका थिए ।

सुचारु भएका श्रृंखलामध्ये मेरी बास्सै मंगलबार, जिरे खुर्सानी बिहीबार तथा भद्रगोल शुक्रबार राति प्रसारण हुन थालेका हुन् । मेरी बास्सैमा धुर्मुस र सुन्तली देखिनेछैनन् । चलचित्रको निर्माणमा सक्रिय हुने तयारीमा रहेका उनीहरूले राजु पौडेल (राजु मास्टर) तथा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) लाई मेरी बास्सैको निर्देशन गर्ने जिम्मा दिएका छन् ।

हास्यश्रृंखला ब्रेकफेल भने अहिले सुचारु नहुने तथा पारिवारिक श्रृंखला परिचय अर्को सातादेखि सुचारु हुने मिडिया हबले जनाएको छ । 

 

प्रकाशित :आश्विन ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्