ज्योतिको जून र ज्योति

- साप्ताहिक संवाददाता

आश्विन ७, २०७५

गायक तथा संगीतकार ज्योतिप्रकाशले पहिलो एल्बम ‘जून र ज्योति’ सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा चित्रकलाको प्राध्यापन गर्दै आएका ज्योतिप्रकाश यसअधि चित्रकारका रुपमा चिनिएका थिए । चन्द्र भट्टचनको एकल रचना रहेको यो एल्वम सार्वजनिक गरेसँगै ज्योतीले गायक तथा संगीतकारको परिचय पनि पाएका छन् । 

वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा गायक एवं संगीतकार ज्योति प्रकाशले पहिलो एल्बम ‘जून र ज्योति’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा गीतकार एवं कवि डा.नवराज लम्सालले ज्योति प्रकाश र चन्द्र भट्टचनको एल्बम जून र ज्योति एक राम्रो कृतिका रुपमा परिचित भएको बताएका थिए ।

संग्रहका गीतमाथि समीक्षा गर्दै कवि एवं गीतकार नवराज लम्सालले चन्द्र भट्टले सबै गीत मनबाट लेखेकाले गीत राम्रो भएको बताए । मध्यम स्तरका भए पनि गीत कर्णप्रिय बनेको उनको कथन थियो । पत्रकार एवं गीतकार शान्तिप्रियले पनि गीत राम्रा बनेको बताए । कलाकार केके कर्माचार्यले गीत राम्रो बनेको तर भिडियो केही कमजोर भएको टिप्पणी गरे ।

कार्यक्रममा एल्बमभित्रका दुई गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो । बिन्ती छ मलाई निष्ठुरी नभन बोलको म्यूजिक भिडियोलाई संचारकर्मी सुमन बैरागीले निर्देशन गरेका छन् । जसमा नारायण ढकाल र विनिताले अभिनय गरेका छन् भने ज्योति प्रकाश आफैंले छायांकन गरेका छन् । यस भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् ।

बिन्ती छ मलाईको म्यूजिक भिडियो :

त्यस्तै हिजो भन्दा आज राम्री बोलको गीत वरिष्ठ पत्रकार शान्तिप्रियले निर्देशन गरेका छन् । जसमा खुश्बु खड्का र सनम कठायतले अभिनय गरेका छन् । यस गीतको छायांकन पनि ज्योति प्रकाश आफैंले गरेका हुन् भने वीरेन्द्र भाट विपिनले सम्पादन गरेका छन् ।

हिजो भन्दा आज राम्रीको म्यूजिक भिडियो :

प्रकाशित :आश्विन ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्