सहिमाको नयाँ गीत

- साप्ताहिक संवाददाता

आश्विन ६, २०७५

गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । उनको सार्वजनिक गीतको म्यूजिक भिडियोमा अभिनेत्री खुश्बु खड्काले नृत्य गरेकी छिन् । खुश्बुसँग ठिटोज एण्ड टिम र सुनिल क्षेत्री प्रस्तुत भएका छन् । 

गायनमा सहिमासँगै गायक सन्दिप न्यौपानेले आवाज दिएको गीत सन्दिप आफैले लेखेका हुन् । थुप्रै लोक गीत गाएका सन्दिप यो गीतबाट निक्कै आशावादी पनि देखिएका छन् । नेपाली सुगम संगीतमा निक्कै चर्चा कमाएकी सहिमा भने यो समयकी ब्यस्त गायिकाको सूचीमा पर्ने गायिका हुन् । 

गीतमा गोबिन्द मधुर आचार्यले संगीत गरेका छन् । सहिमाको सार्वजनिक गीतको म्यूजिक भिडियो निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । टंक केसीको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । 

ढिकिच्याउको म्यूजिक भिडियो :

 

प्रकाशित :आश्विन ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्