ओस्कारमा पञ्चायत

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७५

 

 

नेपाली चलचित्र ‘पञ्चायत’ओस्कारमा सहभागी भएको छ । वर्षको ओस्कारमा सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म विधाको उत्कृष्ट पाँचको मनोनयन प्रतिष्पर्धाका लागि छनौट भएसँगै यो चलचित्र ओस्कारमा सहभागी भएको हो । नेपाल स्थित ओस्कार छनौट समितीले ९१ औँ ओस्कार अवार्डको लागी नेपाली चदचित्र ‘पंचायत’लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

छनौट समितिमा संयोजक श्री बिमल पौडेल, सदस्यहरू: प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सिना, लोकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाइ रहेका थिए ।

सन् २०१९ मा घोषणा गरिने ९१ औँ एकेडेमी अवार्ड (द अस्कर अवार्ड)मा विदेशी भाषी सर्वोत्कृष्ट सिनेमा विधामा प्रतिस्पर्धी बन्नका निम्ति नेपालबाट सहभागिताका लागि आह्वान गरिएकोमा ‘तान्द्रो’, ‘पञ्चायत’, तथा ‘माइ लभ प्रोमिश फर काठमाडौं’ दर्ता भएका थिए ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको ‘पञ्चायत’ लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी,  विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । 

प्रकाशित :आश्विन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्