धुम–३

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७५

 

भारतमा धुम निकै चलेको चलचित्र हो । यही चलचित्रको नाम सापट लिएर नेपालमा केही वर्षदेखि जयकिशन बस्नेतले धुम सिरिज निर्माण गरिरहेका छन् । धुमको सिक्वेल धुम–३ यही शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । यसअघि धुम र धुम–२ खासै चलेका थिएनन् । केही हप्ताअघि यो चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो । यो चलचित्र यही हप्ता सेन्सरबाट पास भएको हो, जसमा यसले पिजी सर्टिफिकेट पाएको छ । 

जयकिशन बस्नेत फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र धुम–३ का प्रस्तुतकर्ता जाहन्बी बस्नेत तथा ब्रबिम बस्नेत हुन् । जीवन श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व तथा तुलसी बाँस्कोटाको सम्पादनको यो चलचित्र एक महिनाभन्दा बढी लगाएर छायांकन गरिएको हो । काल्पनिक वा नाटकीयभन्दा पनि मानवीय जीवनका यथार्थमा आधारित रहेर यो चलचित्र निर्माण गरिएको निर्माता बस्नेतको भनाइ छ । झन्डै १ करोड लगानी भएको धुम–३ का दृश्य काठमाडौंका साथै बाहिरका जिल्लामा समेत खिचिएको छ । जय किशन बस्नेतको लगानी तथा लेखनको यो चलचित्रको सम्पादन तुलसी बासकोटाले गरेका हुन् ।

निर्देशक : जयकिशन बस्नेत कलाकार : जयककिशन बस्नेतसहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, सपना श्रेष्ठ, सूरवीर पण्डित आदि । संगीत : टंक बुढाथोकी तथा ओम सुनार

प्रकाशित :आश्विन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्