इन्टु मिन्टु लन्डनमा

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७५

कोरियोग्राफीमा चर्चा कमाएकी रेनशा वान्तवा राईले निर्देशन गरेको पहिलो चलचित्र हो— इन्टु मिन्टु लन्डनमा । बालगीत ‘इन्टु मिन्टु लन्डनमा, हाम्रो बुबा पल्टनमा’ बाट शीर्षक सापट लिइएको यो चलचित्र घोषणा भएको लामो समयसम्म छायांकन हुन सकेको थिएन । अन्य कलाकारलाई भिसा दिए पनि मुख्य अभिनेत्री साम्राज्ञीलाई बेलायतले भिसा नदिएपछि चलचित्र निर्माणमा अन्यौल सिर्जना भएको थियो भने साम्राज्ञीले भिसा पाएपछि चलचित्रको छायांकन सुरु भएको थियो । 

यो चलचित्र प्रेम, संघर्ष तथा प्राप्तिमा केन्द्रित भएको निर्देशक राई बताउँछिन् । निर्माण टिमले यसअघि यो चलचित्रको कलरफुल टिजर सार्वजनिक गरेको थियो, जसले दर्शकको चासो निकै बढाएको छ । यो चलचित्र आइकोर फिल्म्सको ब्यानरमा प्रभुशमशेर जबरा तथा प्रज्वलशमशेर जबराले निर्माण गरेका हुन् । डेढ करोड रुपैयाँ लगानी भएको चलचित्र इन्टु मिन्टु लण्डनमालाई तयार गर्न डेढ महिनाभन्दा बढी लागेको थियो ।

निर्देशक : रेनशा बान्तवा कलाकार : धीरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, शाहरूख ताम्राकार आदि । संगीत : सुजित कर्माचार्य, वसन्त सापकोटा तथा स्वप्न सुमन ।

 

प्रकाशित :आश्विन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्