सिने सर्कलमा तिमीसँग सर्वोत्कृष्ट

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७५

 

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्य तथा बलिउड अभिनेता गोविन्दाको विशेष आतिथ्यमा काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको एलजी सिने सर्कल एवार्ड–२०७५ मा विभिन्न ३० विधामा पुरस्कार वितरण गरिएको छ । समारोहमा चलचित्र ‘तिमीसँग’ ले वर्षको सर्वोत्कृष्ट चलचित्रको एवार्ड जित्यो भने यही चलचित्रका नाजिर हुसेन तथा चलचित्र पञ्चायतकी नीता ढुंगानाले सर्वोत्कृष्ट अभिनेता तथा अभिनेत्रीको एवार्ड हात पारे । सर्वोत्कृष्ट निर्देशकको एवार्डमा भने चलचित्र भुइँमान्छेका नवराज बुढाथोकी उत्कृष्ट घोषित भए ।

 

संगीतकर्मी मनोहर सुनामको नेतृत्वमा सैनिक ब्यान्डले नयाँ तथा पुराना नेपाली चलचित्रका लोकप्रिय धुनहरू प्रस्तुत गर्दै प्रारम्भ गरेको एवार्ड वितरण समारोहमा बलिउड अभिनेता गोविन्दा आकर्षणको केन्द्रमा रहे । त्यस क्रममा कोरियोग्राफर तथा अभिनेता गम्भीर विष्टले गोविन्दाले अभिनय गरेका केही चलचित्रका लोकप्रिय गीतमा आकर्षक नृत्य गरेर उनीप्रति सम्मान व्यक्त गरे । 

 

समारोहमा पुराना चलचित्र निर्देशक किशोर रानालाई नगद ५१ हजार रुपैयाँ राशिसहित लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरियो । प्रदर्शनको तयारीमा रहेका दुई चलचित्र सुश्री सम्पत्ति तथा इन्टु मिन्टु लन्डनमाका कलाकारहरूले प्रस्तुत गरेको नृत्यले समेत दर्शकको मन जित्यो । झन्डै तीन घण्टा चलेको समारोहमा अभिनेता गोविन्दाले झन्डै १५ मिनेट मन्तव्य व्यक्त गर्दै नेपाल र नेपालीहरूप्रति प्रेम र स्नेह रहेको धारणा व्यक्त गरे ।

 

विजेताहरू

पोस्टर अफ दि इयर, सान थापा र विजय वस्याल (शत्रुगते), ट्रेलर अफ दि इयर सुरेन्द्र पौडेल (कृ), स्टन्ट अफ दि इयर सिम्पसन तामाङ (पिँजडा ब्याक अगेन), पपुलर सङ अफ दि इयर कुटुमा कुटु (राजनराज शिवाकोटी, दुई रुपैयाँ), भीएफएक्स अफ दि इयर माओत्सु मुकामी (माइ लभ) ।

 

कमेन्डेबल फिल्म अफ दि इयर पञ्चायत, पपुलर एक्टर अफ दि इयर, प्रदीप खड्का, पपुलर एक्ट्रेस अफ दि इयर प्रियंका कार्की, ब्याकग्राउन्ड स्कोर अफ दि इयर एलिश कार्की, एडिटर अफ दि इयर मित्र डी गुरुङ (शत्रुगते), स्क्रिनप्ले अफ दि इयर तिमीसँग,  सिनेमाटोग्राफर अफ दि इयर भुइँमान्छे, बिदुर पाण्डे, एक्सन डिरेक्टर अफ दि इयर चन्द्र पन्त (कृं), कोरियोग्राफर अफ दि इयर कविराज गहतराज (कुटुमा कुटु)

 

प्लेब्याक सिंगर अफ दि इयर (मेल) सुगम पोखरेल, भन्छु आज, (म यस्तो गीत गाउँछु), प्लेब्याक सिंगर अफ दि इयर (फिमेल) मेलिना राई, (कुटुमा कुटु), अन स्क्रिन कपल अफ दि इयर रमेश उप्रेती र दीपिका प्रसाईं (ऐश्वर्य), म्युजिक डिरेक्टर अफ दि इयरअर्जुन पोखरेल (भन्छु आज, म यस्तो गीत गाउँछु)

 

एक्ट्रेस अफ दि इयर नीता ढुङ्गाना (पञ्चायत), एक्टर अफ दि इयर,नाजिर हुसेन (तिमीसँग), डाइरेक्टर अफ दि इयर नवराज बुढाथोकी (भुइँमान्छे), फिल्म अफ दि इयर (तिमीसँग), क्रिटिक्स एवार्ड पुष्पल खड्का (मंगलम), लाइफटाइम एचिभमेन्ट एवार्ड किशोर राना

प्रकाशित :आश्विन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्