उकुसाको पदार्पण

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७५

अभिनेता अनमोल केसीले नयाँ अभिनेत्रीसँग नयाँ चलचित्रमा अभिनय गर्ने क्रम जारी छ । अभिनेत्री झरना थापाकी छोरी सुहाना थापासँग ‘ए मेरो हजुर–३’ मा व्यस्त हुने क्रममा रहेका अनमोलले त्यसपछिको चलचित्र ‘ब्याचलर बन्टि’ मा पनि नयाँ अनुहारसँग अनस्क्रिन रोमान्स गर्ने निश्चित भएको छ । 

मिलन चाम्सले निर्देशन गर्ने उक्त चलचित्रमा अनमोलसँग मोडल उकुसा गिरीले अभिनय गर्ने बताइन्छ । मिस एसिया नेपाल–२०१७ की विजेता उकुसाले मिस एसिया–२०१७ मा बेस्ट पर्सनालिटी तथा ब्युटिफुल आइजको शीर्षक उपाधि जितेकी थिइन् । 

दसैंपछि छायांकनमा जाने ब्याचलर बन्टिका लागि उकुसा तथा निर्माता सुदिप खड्काबीच सम्झौता भैसकेको छ । कमेडी लभस्टोरी विधाको उक्त चलचित्रमा अनमोलले बन्टिको भूमिका निर्वाह गर्नेछन् भने उकुसाले उनको जोडीका रूपमा काम गर्नेछिन् । 

प्रकाशित :आश्विन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्