सुनिलको ‘द गिफ्ट’ ले जित्यो ३ लाख

- साप्ताहिक संवाददाता

आश्विन ३, २०७५

नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसन–३ मा सुनील गुरुङले लेखेको ‘द गिफ्ट’ नामक स्क्रिप्ट प्रथम भएको छ । माओबादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथामा बुनीएको सो स्क्रिप्टले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

ग्रिन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमाले मंगलबार राजधानीको उडल्याण्डस् होटेलमा पत्रकार सम्मेलन आयोजना गरि स्क्रिप्ट राइटिङ कम्पीटसनका बिजेता घोषणा गरेको हो । कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले तथा आयोजक संस्थाका प्रमुख मनोजले विजेता सुनीललाई पुरस्कार रकमको चेक प्रदान गरेका थिए । 

अष्ट्रेलिया निवासी फिल्म निर्माता तथा निर्देशक मनोज अधिकारीको अगुवाईमा सन् २०१२ बाट सुरु भएको स्क्रिप्ट राइटिङ कम्पीटसनको तेश्रो संस्करणमा बिभिन्न माध्यमबाट प्रतिस्पर्धाका लागि १ सय ५० वटा स्क्रिप्ट प्राप्त भएकोमा उत्कृष्ट ३० छानीएको थियो । जसमध्येबाट सुनीलको ‘द गिफ्ट’ सहित रियाज नतकारको ‘मी र म’ र विपिन भुषालको ‘अड वान आउट’ उत्कृष्ट तीनमा परेका हुन् ।  

नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरि प्रतियोगीता आयोजना गरिएको अधिकारीले बताए । उनले अघिल्ला प्रतियोगीतामा उत्कृष्ट ठहरिएका स्क्रिप्टमा ऋतु र दोष फिल्म बनीसकेको उल्लेख गर्दै ‘दि गिफ्ट’ पनि छिट्टै फिल्मका रुपमा दर्शकमाझ आउने बिश्वास ब्यक्त गरे । 

बिजेता सुनीलले स्क्रिप्ट लेखन प्रतियोगीतामा प्रथम हुदा आफूले जिन्दगीकै सबैभन्दा ठूलो खुशी पाएको महसुस गरेको बताए । भावुक हुदै उनले पुरस्कारले आफूलाई फिल्म लेखनमा ठूलो हौसला र प्रेरणा प्रदान गरेको बताए ।

 

प्रकाशित :आश्विन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्