गायक शर्माको बरिखा

- साप्ताहिक संवाददाता

आश्विन ३, २०७५

मौसममा हिउँद याम सुरु भएको छ । अब बिस्तारै पानी बर्सिने क्रम कम हुँदै जान्छ । तर, गायक हेमन्त शर्मालाई भने बरिखा लागेको छ । यसै साता गायक शर्माले आफ्नो नयाँ गीत ‘बरिखा’ सार्वजनिक गरेका छन् । डान्सिङ नम्बरको उक्त गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन् । 

राहुल शाहले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा भिमफेदी गाइज, एलिसा राई, सारा शिर्पाली, सुनील क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । 

सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेका गायक शर्माले यस पटक भने त्यहिको जनबोलीलाई सम्बोधन गरेर गीत रेकर्ड गराएका छन् । 

गायक शर्माको सार्वजनिक गीत सार्वजनिक भएको २४ घण्टा अगावै युट्युब ट्रेन्डिङको २२ नम्बरमा देखा परेको छ ।

बरिखाको म्यूजिक भिडियो :

 

प्रकाशित :आश्विन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्