प्रतापको चाहना

- साप्ताहिक संवाददाता

आश्विन ३, २०७५

प्रताप दास नेपाल आइडलका उप विजेता हुन् । सुरिलो स्वरका धनी यी हेन्डसम गायकलाई सुन्न भन्दा हेर्न चाहने युवतीको संख्या ठूलो हुन्छ । मोटर साइकलमा...गीत लोकप्रिय भएपछि प्रताप चलचित्रको पाश्र्व गायनमा समेत सक्रिय हुन थालेका छन् । प्रेमगीत–२ को उक्त गीतपछि प्रतापले लिलिबिली, रोज आदि चलचित्रका गीत गाइसकेका छन्, जुन लोकप्रिय पनि छन् । 

गायनमा सक्रिय प्रतापले हालै मात्र अभिनयमा समेत आफ्नो रुचि भएको कुरा उजागर गरेका छन् । कन्सर्टका क्रममा मोफसलमा रहेका प्रतापले राम्रो चलचित्रबाट प्रस्ताव आए अभिनयका लागि तयार भएको बताएका हुन् । ‘राम्रो चलचित्र पाएँ  भने अभिनय गर्छु, प्रतापको भनाइ छ– ‘अभिनय मेरो सानैदेखिको रहर हो, यद्यपि पूरा गर्ने मौका पाएको छैन ।’ 

 

प्रकाशित :आश्विन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्