धुर्मुसको पनि चलचित्र

- साप्ताहिक संवाददाता

आश्विन ३, २०७५

अभिनेता सीताराम कट्टेल धुर्मुस तथा अभिनेत्री कुञ्जना घिमिरे सुन्तलीलाई दर्शकले हास्यश्रृंखला मेरी बास्सैमा नदेखेको धेरै भयो । म्युजिक भिडियो तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइरहे पनि धुर्मुस र सुन्तलीले मेरी बास्सैको अभिनयमा ब्रेक लगाएका छन् । मिडिया हबले श्रृंखलामा ल्याउन सक्दो प्रयास गरे पनि उनीहरू त्यसका लागि तयार भएका छैनन् ।  यसका पछाडि एउटा कारण छ । उनीहरू दुवै यतिबेला चलचित्र निर्माणको मोडमा पुगेका छन् । 

‘एन्टिभाइरस’ उनीहरूले निर्माण गर्ने चलचित्रको शीर्षक हो । पोखरा तथा आसपासका क्षेत्रमा छायांकन गरिने उक्त चलचित्रमा धुर्मुस र सुन्तलीका अतिरिक्त मनोज गजुरेल, जिग्री अर्थात् धुर्मुसकै भाइ कुमार कट्टेलले अभिनय गर्ने निश्चित भैसकेको छ भने चलचित्रको एउटा महत्वपूर्ण भूमिकाका लागि अभिनेता प्रदीप खड्कालाई प्रस्ताव गरिएको छ । यद्यपि प्रदीपले उक्त चलचित्रमा साइन गरिसकेका छैनन् । 

प्रकाशित :आश्विन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्