मिस मंगोल नेपाल

- साप्ताहिक संवाददाता

आश्विन २, २०७५

 

गत साता ललितपुरको जावालाखेलस्थित डिएभि कलेजको बुद्ध प्रेक्षालयमा सम्पन्न कल्चुरल ब्युटी प्याजेन्टका रुपमा चिनिएको ‘मिस मंगोल नेपालको वर्ष २०१८’ संस्करणको ग्राण्ड फिनालेमा जाङ्मु शेर्पाले विजेताको ताज पहिरिन सफल भएकी छिन् । 

प्रतियोगिताको दशौँ संस्करण विजेता बनेकी जाङ्मुले प्रतियोगितामा मिस लिडरशीपको अवार्ड पनि उचाल्न सफल भइन् । १६ जना प्रतिस्पर्धीको उपाधि दौड यात्रामा प्रिति गुरुङ फस्ट रनर अप तथा पुनम शेर्पा सेकेन्ड रनर अप चयन भएका थिए । 

प्रतियोगितामा अस्मिता बज्राचार्य ट्यालेन्ट, समिक्षा राई पब्लिक च्वाइस, इरोशा थापा मगर वेष्ट हेयर, सुमी थापा पर्सनालिटी, रक्षा थिङ फोटोजेनिक तथा प्रियंका राई वेष्ट स्कीन अवार्डका विजेताका रुपमा चयन भएका थिए । 

 

प्रकाशित :आश्विन २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्