कम पढेका व्यक्तिहरू किन राजनीतिमा लाग्छन् ?

- साप्ताहिक संवाददाता

आश्विन २, २०७५

पढेलेखेकाहरूजति अस्ट्ेरलिया–अमेरिका भासिन्छन् । बचेखुचेकाहरू विज्ञान र म्यानेजमेन्टतिर अल्झिन्छन् । अनि को लागोस् त राजनीतिमा ?

प्रवेश नेपाल

धेरै पढेकाहरू घमन्ड देखाउँछन् । त्यही भएर हो कि ? 

सुरेश गुरुङ

यो प्रश्न त सीधा प्रधानमन्त्रीसँग सोध्नुपर्ने ।

रमन एस कार्की

दादागिरी देखाउन र भ्रष्टाचार गर्न ।

भूपेन्द्र बरुवाल

पढेलेखेकाहरू त सहमति, छलफल अनि सहकार्यमा जान्छन्, त्यसपछि झगडा हुँदै हँुदैन तर राजनीतिमा झगडा–विवाद आदि भएन भने राजनीतिको के अस्तित्व भयो र ?

हिमाल खतिवडा

नपढेका मानिस राजनीतिमा लाग्नुको कारण हो :

१. पढेकाले भन्दा धेरै तनखा पाउनु

२. पढेकाले भन्दा बढी मान–मनितो पाउनु

३. शरीरलाई पर्याप्त मात्रामा आराम दिन पाउनु

४. आफूसँग पैसा नभए पनि करोडको कारमा घुम्न पाउनु ।

कृष्णबहादुर

राजनीतिमा जनतालाई लुटेर जम्मा गरेको पैसाले ऐस–आरामको जिन्दगी बिताउन पाइन्छ । यहाँ न कानुन लाग्छ न त कसैको डर नै छ अनि किन पढ्नु पर्‍यो र ?

आरजेकुमार गौतम

किनभने राजनीति गर्न कुनै शैक्षिक योग्यता चाहिँदैन । 

सन्दीप सुवाल

फुर्सदिला हुन्छन् । उनीहरू व्यवहारिक राजनीतिमा अब्बल हुन्छन्, न कि कोर्सको कुरामा ।

कुमार देवकोटा

पढेलेखेका व्यक्तिलाई आफूभन्दा तल राख्न ।

द्रोणाचार्य अज्ञात

अशिक्षित, बेरोजगार अनि नराम्रो छवि भएका व्यक्तिहरू ले गर्ने भनेको राजनीति, चम्चागिरी, दादागिरी आदि नै हो शिक्षितहरूका लागि खाडी छँदैछ नि ।

सरोज

पढेकाहरू पढेका पढै हुन्छन् । नपढेकाहरूको हातमा काम हुँदैन, त्यसैले राजनीतिमा लाग्छन् ।

डल्ली कान्छी

ठूलाबडाको संगत भएर होला ।

सुचन्द्र लामा

पढेका मानिसभन्दा ठूलो बन्न । 

संरक्षण लम्साल

राजनीति आफैंमा कम पढ्नेहरूको उच्च शिक्षा हो । 

उत्तम थापा

अन्यत्र जागिर नपाएर । 

मुकुन्द योगी

अरू काम नभएर । 

नरेशसिंह भण्डारी

खाने बाटो गर्नु परेन ? नत्र के खाएर बाँच्छन् त ?

जेएन केसी

सात पुस्ताका लागि पुग्ने धन सजिलै कमाउन । 

जनक भट्टराई

नपढेको व्यक्तिको बाहुल्य भएको हो, तर कम पढेका व्यक्ति मात्र राजनीतिमा लाग्छन् भन्न मिल्दैन, अहिले राजनीतिमा बौद्धिक वर्गको पनि राम्रै उपस्थिति छ ।

कपिल पौडेल

पढेलेखेका मानिस राजनीतिमा आउँदैनन्, त्यसैले नपढेकाहरूले राजनीति गर्छन् । 

नसिम

विगतको इतिहास नेता भनेको विद्रोह गर्न सक्ने, जेल–नेल जान सक्ने, भत्काउन सक्ने हुन्थ्यो । आज राजनीतिमा अर्को पुस्ता तयार नहुँदा तिनै पात्रको हालिमुहाली छ, जसले पढ्न पाएनन् । पढेलेखेका मानिसहरू राजनीतिमा सक्रिय नहुने कारण राजनीतिमा लागेपछि पढाइ छोड्नु पनि हो ।

रवि किरान हमाल

पढाइ नै ठूलो कुरा होइन, दिमाग खुस्किएकाहरू पनि राजनीतिमा लागेर पो आपत छ त यहाँ ।

डियर विद्या

निश्चित शैक्षिक आधार नभए पनि गफ लाएरै पुग्ने भएकाले ।

बत्तीमुनिको अँध्यारो

किनभने पद पाउन लोकसेवा आयोगको परीक्षा दिनुपर्दैन । बरु नियुक्ति दिन बसेकाहरूलाई नै उल्टो आफैंले नियुक्ति दिन पाइन्छ ।

किरन बराल

के असल नेतृत्व गर्न शिक्षाकै आवश्यकता छ ?

विचार

प्रकाशित :आश्विन २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्