विवाहको डेट फाइनल

- एजेन्सी

आश्विन १, २०७५

अन्तत: बलिउडको लोकप्रिय जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह हुने पक्का भएको छ । धेरै पटक यो जोडीको विवाहको चर्चा चले पनि उनीहरूको विवाह हुन्छ कि हुँदैन, अनुमानबाहेक कसैले केही भन्न सक्ने स्थिति थिएन । 

अहिले उनीहरूको विवाह मिति तय भैसकेको भारतीय मिडियाहरूले जनाएका छन् । केही समयअघि मात्र श्रीलंका भ्रमणका क्रममा उतै इङ्गेजमेन्ट गरेका दीपिका–रणवीरले यही वर्षको २० नोभेम्बरमा इटलीमा विवाह गर्ने पक्का भएको बताइन्छ । 

उनीहरूको विवाह उनीहरू दुवैलाई मन पर्ने इटालीको लेक कोमो सहरमा हुनेछ । दीपिका–रणवीरले नजिकका साथीभाइ तथा परिवारका सदस्य गरी कम्तीमा ३०–३५ जनाको उपस्थितिमा विवाह गर्न लागेको बताइन्छ । यद्यपि उनीहरूले विवाहपछि मुम्बइ र दीपिकाको होमटाउन बैंगलुरुमा पार्टी दिनेछन् । 

प्रकाशित :आश्विन १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्