ज्योतिको नयाँ रूप

- दुर्गालाल केसी

भाद्र ३१, २०७५

सधैं भड्किलो पोसाकमा स्टेज तताउने ज्योति मगर घोराहीमा आयोजित तीज महोत्सवमा भने शालीन ढंगले मगर भेशभूषामा देखा परिन् । गुन्यू, चोली र घलेकमा सजिएकी ज्योतिले मञ्चमा आफूलाई परिपक्व रूपमा प्रस्तुति गरिन् ।

आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेकी ज्योतिको पहिरनमा शालीनता देखिए पनि उनको गीत गाउने तथा नाच्ने शैली भने उस्तै थियो । त्यस क्रममा ज्योतिले विभिन्न रोमाञ्चक शब्दहरू प्रयोग गरेर युवाहरूको चाहनालाई समेत सम्बोधन गरेकी थिइन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले भदौ २२ देखि २८ सम्म घोराहीमा आयोजना गरेको महोत्सवमा ज्योतीका साथै विभिन्न कलाकारले प्रस्तुति दिए । उक्त अवसरमा गायक बद्री पंगेनीले लोकप्रिय गीतहरू गाएर दर्शक नचाएका थिए भने गायक दुर्गेश थापाले पनि युवायुवतीहरूलाई उफारेका थिए । 

 

प्रकाशित :भाद्र ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्