टेस्टट्युबमा जन्मियो सिंहको बच्चा

- साप्ताहिक संवाददाता

भाद्र ३०, २०७५

विश्वमा सिंहको जनसंख्या घट्दै गएपछि वैज्ञानिकहरूले टेस्टट्युबमार्फत पहिलो पटक सिंहको शिशुलाई जन्मदिन सफलता प्राप्त गरेका छन् । युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिक एवं चिकित्सकहरूले दक्षिण अफ्रिकाको उकुटुलु संरक्षण क्षेत्रको सिंहमा उक्त सफलता हात पारेका हुन् । 

यो सफलतापछि अरू लोपोन्मुख जनावरहरूको जनसंख्या बढाउन मद्दत पुग्ने आशा पलाएको छ । सिंहको टेस्टट्युब बेबी जन्माउने क्रममा इन्भिट्रो फर्टिलाइजेसन (आईभिएफ) प्रविधिवाट भाले सिंहको शुक्रकीटलाई पोथी सिंहको पाठेघरमा प्रत्यारोपण गरेर गर्भवती बनाइएको थियो । 

प्रकाशित :भाद्र ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्