केश झर्ने डर

- साप्ताहिक संवाददाता

भाद्र २९, २०७५

अभिनेता प्रदीप खड्का यतिबेला आफ्नो अभिनय करियरको कठिन मोडमा छन् । प्रेम गीत, प्रेम गीत–२ तथा लिलिबिलीमा चकलेटी लभर ब्वाइको भूमिकामा प्रस्तुत भएका खड्का गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘रोज’ मा बिल्कुलै फरक भूमिकामा प्रस्तुत भएका छन् । परिस्थितिले हत्यारा बन्नु परेको भूमिका निर्वाह गरेका प्रदीपलाई आजीवन काराबासको सजाय सुनाइन्छ । 

सजाय काट्ने क्रममा उनको केशको लम्बाइ पनि बढ्छ । सामान्य अवस्थामा छोटो हेयरस्टाइल रुचाउने खड्कालाई चलचित्रका लागि केश बढाउन सम्भव थिएन भने नक्कली केश लगाउन पनि सहज थिएन । खड्काले लामो केश बनाउन मात्र होइन त्यसलाई झन्डै चार–पाँच दिनसम्म जोगाइ राख्न समेत गाह्रो भएको थियो । 

‘मेरी डाक्टर बहिनीले नक्कली केश उन्ने क्रममा जरादेखि नै बल पर्ने तथा त्यसले वास्तविक केश झर्ने सम्भावना प्रवल हुने बताएपछि त मेरो सातो–पुत्लो नै उड्यो, खड्काले अघिल्लो साता आयोजित पत्रकार सम्मेलनमा रमाइलो पारामा सुनाए– ‘केश झर्ने डर एकातिर थियो भने अर्कातर्फ अदालतको दृश्यलाई जीवन्त बनाउनु पर्ने चुनौती पनि सँगसँगै थियो । यद्यपि म आफ्नो अभिनयमा बढी फोसक भएकाले केशको समस्यालाई ठूलो मानिन ।’

प्रकाशित :भाद्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्