बबरमहलमा कला महोत्सव

- साप्ताहिक संवाददाता

भाद्र २९, २०७५

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी हिमालयन कला महोत्सवको समापन भोलि शनिबार हुँदैछ । ई–आर्ट नेपालद्वारा आयोजित यो प्रदर्शनीमा १ सय ३५ जना कलाकारका २ सयवटा चित्र राखिएका छन् ।

गत मंगलबार प्रारम्भ भएको प्रदर्शनीमा समकालीन चित्र, मूर्तिकला, पौवा चित्रकला, प्रिन्ट, फोटोग्राफी, इन्स्टलेसन आर्ट तथा सेरामिक कला आदिको अवलोकन गर्न सकिन्छ ।  

 

प्रकाशित :भाद्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्