ह्याट पार्टी

- साप्ताहिक संवाददाता

भाद्र २९, २०७५

भोलि शनिबार लाजिम्पाटस्थित हभाना लाउन्ज एन्ड बारमा ह्याट पार्टी हुने भएको छ । यो पार्टीमा सहभागी हुन चाहनेहरूले अनिवार्य रूपमा ह्याट लगाउनु पर्नेछ । यो डान्स पार्टीमा जो विजयी हुन्छ उसले विशेष प्रकारको ह्याट प्राप्त गर्नेछ भने उक्त अवसरमा डिजे निरजले विशेष प्रस्तुति दिनेछन् । 

समय : ६ बजे प्रवेश : नि:शुल्क

स्थान : हभाना लाउन्ज एन्ड बार, लाजिम्पाट

फेसन शोसहित रेन्टरटेन्मेन्ट

भोलि भदौ ३० गते शनिबार पोखरामा ‘रेन्टरटेन्मेन्ट’को पाँचौं संस्करण सञ्चालन हुँदैछ । कृत्रिम पानीमा रुझ्दै डिजेको तालमा उफ्रन पाउनु यो इभेन्टको विशेषता हो । पोखराको लेकसाइडस्थित व्यञ्जन रेस्टुराँले आयोजना गर्ने यो इभेन्टमा वर्षा, संगीत, नृत्य तथा फेसनको फ्युजन रहनेछ ।

फेसन शोमा काठमाडांैका ६ जना तथा पोखराका २ जना गरी ८ जना मोडलले चलनचल्तीका फेसन शैली प्रस्तुत गर्नेछन् । शोको अर्को आकर्षण डिजे सेसन हो भने कार्यक्रममा कलाकार भुइयाँको बेली डान्ससमेत हेर्न पाइनेछ । 

स्थान : व्यञ्जन रेस्टुराँ, लेकसाइड, पोखरा

मिति : २०७५ भदौ ३० गते शनिबार समय : दिउँसो २ बजे

प्रवेश शुल्क : ५ सय तथा १ हजार रुपैयाँ (महिलाको हकमा प्रवेश नि:शुल्क )

 

प्रकाशित :भाद्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्