साली कसको भेनाको

- साप्ताहिक संवाददाता

भाद्र २९, २०७५

हिन्दीमा एउटा चर्चित उखान छ, साली आधा घरवाली । यही चर्चित उखानमा व्यङ्ग्यात्मक ढंगले निर्माण भएको छ चलचित्र— साली कसको भेनाको । यो चलचित्र आज शुक्रबारदेखि नेपालभरका ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आएको छ। एकै साता तीन–चारवटा चलचित्र प्रदर्शन भैरहेका बेला यो चलचित्रले भने एक्लै प्रदर्शन हुने अवसर पाएको छ । 

हास्य विधाको चलचित्र साली कसको भेनाकोमा नेपाली समाजको यथार्थ घटनालाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको निर्देशक भद्र भुजेल बताउँछन् । प्रसाद श्रेष्ठको प्रस्तुति एवं रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई तथा मुक्ति अधिकारी आदिको लगानीको यो चलचित्र मुभिङ पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । 

चर्चित हास्यकलाकारहरूको अभिनयका कारण यो चलचित्रले दर्शक तान्ने अपेक्षा गरिएको छ । लामो समयको विश्रामपछि अभिनेत्री सुष्मा कार्की यही चलचित्रबाट पुन: पर्दामा आउँदैछिन् । काठमाडौं तथा बाहिरका केही जिल्लामा समेत खिचिएको यो चलचित्र निर्माणमा झन्डै ८० लाख रुपैयाँ लगानी भएको दाबी गरिएको छ । चलचित्र साली कसको भेनाको दृश्य दीर्घ गुरुङले खिचेका हुन् भने त्यसको सम्पादन बनिष शाहले गरेका हुन् । 

निर्देशक : भद्र भुजेल कलाकार : विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बिरेन श्रेष्ठ, पुष्प आचार्य आदि ।

संगीत : प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी, मिन घलान

 

प्रकाशित :भाद्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्