यस्तो पो गीत

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७५

विद्यालयका विद्यार्थी तथा विषय शिक्षकले तयार पारेको एउटा गीतले युट्युबमा लाखौं दर्शक पाउला अनि ट्रेन्डिङ को उत्कृष्ट १० मा पर्न सफल होला भन्ने कसैले पनि सोचेका थिएनन् । तीजको पूर्वसन्ध्या पारेर म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड भएको नेपाली व्याकरण सिकाउने तीज गीत अहिले चर्चामा छ । 

नेपाली व्याकरणलाई सहज रूपमा सिकाउने उक्त गीतमा शंखमुल, काठमाडौंस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का विद्यार्थीहरूको स्वर सुन्न सकिन्छ । विद्यालयकै नेपाली शिक्षक बिमल घिमिरेका शब्द तथा संगीत निर्देशनको उक्त गीतमा ह्रस्व तथा दीर्घ कसरी छुट्याउने, कस्तो शब्द ह्रस्व तथा दीर्घ हुन्छन् भन्ने कुरा सिकाइएको छ ।

 गीतकार घिमिरेका अनुसार विद्यार्थीलाई सहज तरिकाबाट व्याकरण सिकाउन उक्त गीत रचिएको हो । घिमिरे भन्छन्– गीतमा वाद्यवादन पनि विद्यार्थीहरूकै छ भने भिडियोमा समेत विद्यार्थीहरूले नै नृत्य गरेका छन् । यो गीत युट्युबमा ७ लाख पटक भन्दा बढी हेरिएको छ । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :भाद्र २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्