उत्साही सृष्टि

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७५

मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले यतिबेला आफ्नो परिचय बदलिसकेकी छिन् । उनलाई अचेल मिस नेपाल कम, नेपाली चलचित्रकी अभिनेत्रीका रूपमा बढी चिनिन्छ । पहिलो चलचित्र गाजलुमा अभिनय गर्ने क्रममा दर्जनौं पटक सट बिग्रिएर निर्देशकको गाली खाँदा समेत हरेस नखाएकी सृष्टि पछिल्लो चलचित्र ‘बाँध मायाले’ सम्म आइपुग्दा परिपक्व भैसकेकी छिन् । 

पहिलो चलचित्रबाटै एवार्ड जित्न सफल सृष्टिलाई दोस्रो चलचित्र ‘रोमियो एन्ड मुना’ बाट ठूलो आशा थियो, यद्यपि उक्त चलचित्रको असफलताले उनलाई निराश तुल्यायो । यतिबेला सृष्टिको सम्पूर्ण ध्यान चलचित्र ‘बाँध मायाले’ मा केन्द्रित भएको छ । 

अभिनेता आर्यन अधिकारीसँग अनस्क्रिन रोमान्स गरिरहेकी सृष्टिले यो चलचित्रमा आफ्ना तर्फबाट शतप्रतिशत मेहनत गरेको बताएकी छिन् । अधिकांश छायांकन नवलपरासीको त्रिवेणी धाममा गरिएको सबिर श्रेष्ठद्वारा निर्देशित चलचित्र बाँध मायालेबाट सृष्टि खुसी हुन्छिन् कि दु:खी, असोज ५ गतेपछि थाहा पाइनेछ । 

प्रकाशित :भाद्र २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्