हङकङमा ‘स्वप्न भाग २’

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७५

हङ्कङमा हुर्किरहेका तेश्रो पुस्ताहरुको प्रतिभालाई उजागर गर्ने हेतुले स्थापना भएको स्वप्न ट्यालेन्ट शो को दोश्रो श्रृखला सम्पन्न भएको छ । हङकङ नेप्लिज डान्स ग्रुपको आयोजनामा सम्पन्न कार्यक्रममा लालीगुँरास डान्स क्लव, अनन्त स्टुडियो, सामयोक ब्याण्ड, खुकुरी डान्स, दृब्य दृष्टि ब्याण्ड, नाउ एण्ड अवाकन ब्याण्ड, संयुक्ता स्टुडियो लगायत दर्जन बढि प्रतिभाहरुले आफ्ना प्रस्तुती दिए । 

कार्यक्रममा डान्सको अलावा गीत, नाटक समेत प्रस्तुत गरिएको थियो । 

हरेक हप्ता हङकङमा सांगीतिक कार्यक्रम हुने भएपनि स्थानिय प्रतिभालाई महत्व नदिईएको गुनासो आईरहेको अवस्थामा स्वप्नले थालेको यो पहिलो प्रयासको सबैले प्रशंसा गरेकाछन् ।  

 

प्रकाशित :भाद्र २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्