Teej banner

अन्र्तराष्ट्रिष्य चलचित्र महोत्सवमा ढकाल

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७५

 

गायक रामकृष्ण ढकालले गाएको ‘अचेल पाइलै पिच्छे’बोलको गीतले अन्र्तराष्ट्रिय प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने भएको छ । उनको यो गीतको म्यूजिक भिडियो अमेरिकाको न्यूजर्सीमा आयोजना भइराखेको ‘गोल्डेन डोर इन्टर नेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटि’ नामक चलचित्र महोत्सवमा  चयन भएको छ । 

यो चयनले हाल अमेरिका, क्यानडामा सांगीतिक भ्रमणमा रहेका ढकालले आफूलाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको बताएका छन् । प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै करिब १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो । 

साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गरेका हुन् । 

मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका श्रोताहरुले निकै रुचाएको समेत पाइएको छ । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा ढकालको गीत सम्मानित भएमा अन्र्तराष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ । 

चलचित्र महोत्सवमा छनौट भएको गीतको म्यूजिक भिडियो :

प्रकाशित :भाद्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्