Teej banner

तीज मेकअप

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७५

 

 

 तीजका दिन ट्ेरन्डी तथा फेसनेबल पहिरन लगाइने भएकाले त्यही अनुसारको मेकअप गर्नुपर्छ ।

 तीजमा ब्राइट देखिन हल्का मेकअप गर्नुपर्छ ।

 

 यो दिन व्रत बस्ने, मन्दिर जाने, नाचगान गरिने भएकाले प्रसस्ता पसिना आउन सक्छ, त्यसैले वाटरप्रुफ मेकअप उपयुक्त हुन्छ ।

 विवाहिताले सेमी ब्राइडल लुक्स दिने मेकअप तथा अविवाहिताले हल्का मेकअप गर्नु राम्रो हुन्छ ।

 

 आँखाको सेप गोलो छ भने राउन्ड सेप दिने मेकअप गर्नुपर्छ । ब्ल्याक स्मोकी आइमेकअपले सानो आँखालाई ठूलो देखाउँछ ।

 यो दिन म्याटको रातो तथा मरुन कलरको लिपस्टिक लगाउनु उपयुक्त हुन्छ ।

 

 हातमा मेहन्दी लगाउनुका साथै तथा नेल आर्ट समेत गराउन सकिन्छ ।

 केश लामो भए कर्ल तथा छोटो भए स्ट्रेट गर्नु प्रभावकारी हुन्छ । त्यसो त यो दिन धेरैले केशमा विभिन्न डिजाइनका डोरी (धागो) प्रयोग गर्छन् ।

 

प्रकाशित :भाद्र २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्