Teej banner

मृत्युदण्डले मात्रै बलात्कारका घटना कम हुन्छन्

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७५

बलात्कारका घटनाहरू क्रमिक रूपमा बढिरहेका छन् (फ्रन्टपेज : गिद्धे नजर) । यस्ता घटनामा कमी ल्याउन घर, परिवार तथा स्कुलस्तरबाटै शिक्षा दिनु जरुरी छ । मृत्युदण्ड मात्र समस्याको समाधान होइन र हुन पनि सक्दैन । 

सोयोना श्रेष्ठ

नवीन प्यासीले युवा अवस्थामा मनमा उब्जने तरंगको राम्रो चित्रण गरेका छन् (खुल्दुली : नयाँ पात्रको इन्ट्री) । मन नभएको सम्बन्ध अनि मन नभएको जीवन उस्तै हो । त्यसमा प्राण हुँदैन । 

मुकेश खत्री

युवा पुस्ताका लागि कोतपर्व, भण्डारखाल पर्व, राम शाहको न्याय–कल्पना, पृथ्विनारायण शाहको नेपाल एकीकरण सबै मिथकजस्तै भैसकेका छन् (यात्रा सन्दर्भ : कथा काठमाडौं सहरको) । यसको महत्व झल्काउन स्कुल तथा कलेजस्तरमा इतिहासको अध्ययन–अध्यापन जरुरी छ । 

निरुता बिमली

चितवनको एउटा सामान्य परिवारमा जन्मिएकी लीना दवाडीको सफलता लोभलाग्दो छ (अन्तर्वार्ता : आफ्नो मनको कुरा सुन्नुहोस्) । उनलाई संघर्ष, चुनौती सामना गर्ने आँट तथा साहसले यो ठाउँसम्म पुर्‍याएको हो । चर्चित वेबसाइट विटिफिडको कमान्ड नेपाली चेलीले सम्हाल्नु चानचुने कुरा होइन । उनको यात्रा यत्तिमै नटुंगियोस् । अझ ठूलो ओहदामा पुग्नुहोस्– शुभकामना ।

विकास राई

विद्यार्थीहरूले सीपमूलक शिक्षा लिनु एकदमै जरुरी छ (उच्च शिक्षा : वन विज्ञानका लागि पोखरा) । नेपालमा पढेर विदेशमा सम्भावना खोज्नुभन्दा नेपालमै सम्भावना भएका विषय र क्षेत्रमा प्रवेश गर्नु बुद्धिमानी हुन्छ । 

मनीष चौहान

वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूले यो एप्स डाउनलोड गर्नु उपयोगी हुने देखियो (साइन्स एन्ड टेक्नोलोजी : वैदेशिक रोजगारीमा जानेहरूका लागि) । यसले आवश्यक पर्ने सबै कुरामा गाइड गर्नेछ । 

सुुनिल गुरुङ

नेपाल आइडलका गोल्डेन माइक विजेताहरूलाई बधाई (आइडलका चार गोल्डेन माइक विजेता) । काठमाडौंबाहिर थुप्रै ठाउँमा अनेकौं प्रतिभा छन् । तिनको खोजी हुनु जरुरी छ । यस्ता कार्यक्रम धेरैभन्दा धेरै आयोजित हुनुपर्‍यो ।

अशोक कुँइकेल

यो एप्सले राजधानीका यात्रुलाई सहज बनाउने छ (साइन्स एन्ड टेक्नोलोजी : बसको जानकारीका लागि लेट्ज गो एप) । यहाँको जाम र अव्यवस्था हटाउन वैकल्पिक बाटा तथा आकाशे पुलहरूको निर्माण अत्यन्तै जरुरी छ । यो कामबिना ट्राफिक जाम कम हुन गार्‍है छ । 

स्वस्तिका भट्ट

गीत त यस्तो पो हुनु (पढ्न सिकाउने गीत) ! मनोरञ्जनसँगै शिक्षामूलक, सन्देशमूलक गीत भैदियो भने त्यो बढी प्रभावकारी हुन्छ । 

रवीन्द्र श्रेष्ठ

नेपाल बाहिर यस्ता सांस्कृतिक मेलाहरू आयोजित हुनु जरुरी छ (म्युजिक अपडेट : बेल्जियममा लोकमेला) । स्वदेशभन्दा टाढा भए पनि आफ्नो भाषा, संस्कृति तथा चाडबाडलाई बिर्सनु हुँदैन । यी सबै कुरालाई निरन्तरता दिइरहनुपर्छ । 

दर्शन भण्डारी

विद्या वालन इन्दिरा गान्धीको भूमिकामा पक्कै सुहाउनेछिन् (इन्दिरा गान्धी बन्दै विद्या वालन) । विभिन्न चलचित्रमा उनले निर्वाह गरेको भूमिका सधैं उत्कृष्ट हुन्छ । 

नवीन काफ्ले

मानिसको जीवन कतै पनि पूर्ण हुँदैन (युवा मन : अतृप्ति) । पूर्ण भयो भने त्यसमा स्वाद पनि भेटिँदैन । अलिकति अधुरो, अलिकति अपुरो भयो भने नै त्यसको महत्व हुन्छ । 

सुवास अन्जान

प्रकाशित :भाद्र २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्