यस्तो पो मूल्यवृद्धि

- साप्ताहिक संवाददाता

भाद्र २१, २०७५

हाम्रो देशमा भैरहेको मूल्यवृद्धिले हामीलाई कत्तिको पिरोलेको छ भन्ने कुराको अनुभव हामी जस्ता भुक्तभोगीहरूलाई जानकारी नै छ । हाम्रो देशमा भएको मूल्यवृद्धिको समाचार नेपाली सञ्चारमाध्यममा मात्र सीमित छ । यद्यपि भेनेजुएलामा भएको मूल्यवृद्धिको समाचार भने विश्वव्यापी भएको छ । अन्तर्राष्ट्रिय तेल बजारमा तेलको मूल्य घटेपछि भेनेजुएलामा मूल्यवृद्धि हुन थालेको हो । 

त्यहाँ मूल्यवृद्धि यति भएको छ कि अन्तराष्ट्रिय मुद्रा कोषले यो वर्षको अन्तसम्ममा मूल्यवृद्धि १० लाख प्रतिशतले बढ्ने जनाएको छ । मूल्यवृद्धि भएपछि सरकारले पनि व्यापक रूपमा पैसा छाप्न थालेको छ । त्यहाँ अहिले मासिक ५० लाख कमाउने व्यक्तिले समेत आफ्नो परिवार पाल्न नसक्ने भएको छ । भेनेजुएलाको मूल्यवृद्धि कस्तो अवस्थामा छ भन्ने कुरा झल्काउने तस्बिरसमेत सार्वजनिक भएको थियो ।

प्रकाशित :भाद्र २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्