Teej banner

खाना पकाउन जाँगरिला गायक

- साप्ताहिक संवाददाता

भाद्र २१, २०७५

गायक कृष्ण काफ्ले खानाका पारखी हुन् । सकेसम्म घरकै खानामा खुसी हुने काफ्ले बाहिरको खानामा खासै ध्यान दिँदैनन् । फुर्सदमा कहिल्यै होटल नपस्ने उनी बताउँछन् । सांगीतिक कार्यक्रम नपरेको अवस्थामा घरमै मज्जाले पकाएर खाने बानी छ, काफ्लेले भने, ‘आफूलाई मन पर्ने परिकार बनायो, बसेर रमाइलो गर्दै खायो !’ 

कलाकार भएको हिसाबले जतिबेला पनि घरमा हुन नपाउँदा बाध्यताले बाहिरको खानामा चित्त बुझाउनुपर्ने उनी बताउँछन् । विदेशका कार्यक्रमहरूमा भने नेपाली दाजुभाइ तथा आफन्तहरूकहाँ बस्ने भएकाले त्यति असहज हुँदैन, –काफ्ले भन्छन् । उनलाई मनपर्ने सबै परिकार बनाउन भने आउँदैन । यस्तो अवस्थामा उनी घरमा आमा वा नजिकको आफन्तसँग सोधपुछ गरेर खाना तयार पार्छन् । 

उनले घरमा आवश्यक पर्ने चिया, कफी, भात, तरकारी, दाल, चटनी, म:म, चाउमिन, चाउचाउ, चटपटे, रोटी, आलुपरौठा, अमलेट आदि परिकार भने बनाउन जानेका छन् । स्वास्थ्यका हिसाबले पनि घरमा बनाएको खाना धेरै लाभदायक हुने भएकाले काफ्ले सकेसम्म होटल र वाहिरको खानेकुरा छुँदै छुँदैनन् ।

प्रकाशित :भाद्र २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्