क्यानडाको हिमालयन मेलामा रामकृष्ण ढकाल

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७५

 

नेपाली समुदायको बाक्लो उपस्थित हुन थालेको क्यानडाको टोरन्टोमा १२ औं संस्करणको हिमालयन फेस्टिभल–२०१८ आयोजना गरिएको छ । प्रत्येक वर्षको सेप्टेम्बर १ का दिन आयोजना हुने मेलाको पछिल्लो संस्करण सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ । 

यसपटकको मेलामा लोकप्रिय गायक रामकृष्ण ढकाल आकर्षणको केन्द्र बने । मेलामा हरेक वर्ष एक–एक जना लोकप्रिय गायक–गायिकालाई निम्त्याउने क्रममा यसपटक गायक ढकाल प्रस्तुत भएका हुन् । उक्त कार्यक्रममा सहभागिता जनाउन गायक ढकाल पहिलो पटक क्यानडा पुगेका हुन् । 

हजारौं नेपाली सहभागि मेलाको कन्सर्टमा गायक ढकालले बिहान उठ्ने बित्तिकै...गीतमार्फत सांगीतिक प्रस्तुती प्रारम्भ गरेका थिए । राष्ट्रिय पोशाकमा प्रसतुत भएका ढकालले त्यसपछि दर्शकहरुको मुड  अनुसारका गीत गाएका थिए । मेलामा नेपाली कला, संस्कृति, भेषभूषा तथा नेपाली खाद्य परिकारको फुड फेष्टिभल समेत समावेश थियो । 

यसैबीच क्यानडाको ओटावामा आयोजित रामकृष्ण ढकाल साँझ समेत भव्यतापूर्वक सम्पन्न भएको सुसोस इन्टरनेशनलले जनाएको छ । 

प्रकाशित :भाद्र २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्